Kehi Garoun
  • About KG
    • Members Circle
    • Teachers Circle
    • Charity
    • Reflection
    • Toolkit
    • Activities Blog
    • Contact Us
  • Shoes Campaign
  • Donate
    • 2019 Blog >
      • 2016 Guidance Blog
      • 2015-16 Blog
      • 2013 Blog Profiles
      • 2013 Blog
      • 2013 Blog
      • 2012 Activities Page >
        • 2012 Activities
        • 2012 Activities Sep
        • 2012 Activities July
Umanga blogs

जनताले संविधान कसरी फिर्ता लिन सक्छन् ?

10/15/2015

0 Comments

 
नयाँ संविधानले के हाँसिल गरेको छ ? मधेशमा ४३ जना मरे र १००० भन्दा बढी घाइते छन् | काठमाडौँको जीवनमा ठहराव आएको छ | थुप्रै समूहले संविधानले उनीहरुको आधारभूत मानव मर्यादालाई वास्ता नगरेको महसुस गरेका छन् | कुनै पनि दस्तावेजले हरेकलाई चाहेजस्तो खुसी त दिन सकिदैन | एउटा अचम्मको कुरा के छ भने, कसैलाई प्रशन्न तुल्याउन नसकेको यो संबिधानलाई राजनीतिज्ञ हरुले पारित गरी छोडेका छन् |
 
नेपालको अघिल्लो पुस्तालाई भने संविधान भनेको छेपारो को रंग जस्तो लाग्न थालेको छ, जसको कुनै भर हुँदैन, त्यसैले धेरै चिन्ता लिईराख्नु जरुरी छैन | नेपालको यो पुरानो पुस्ताले गएको ६ दशकमा ६ वटा संबिधान देखिसकेको छ | सरकारमा भएको शक्ति ले एउटा संबिधान बनाउछ र केही समयमा सरकारमा नयाँ शक्तिको उदय संगै त्यो संबिधानलाई एक दसकको छोटो समयमै मिल्काईन्छ, यो कुरा को साक्षी छन् नेपालका पुराना पुस्ता | सस्ता चिनियाँ इलेक्ट्रोनिक्स उपकरण जस्तै, पुरानै संबिधानलाई मर्मत गर्नु भन्दा नयाँ संबिधान बनाउन सजिलो लाग्छ हाम्रा राजनीतिज्ञ हरुलाई | सानो समायोजनले हल हुने कुरालाई राजनीतिज्ञहरुले युक्तिसंगत रुपमा मूल्य हिन साबित गर्दिन्छन् | साथ-साथै पाका नागरिकहरुले बृहत राजनितिक उथल-पुथल जस्तै कट्टर राजतन्त्र देखी संबैधानिक राजतन्त्र देखी जनयुद्ध देखी दरबार हत्या काण्ड देखी गणतन्त्र देखी संघिय राजनिति देखी भूकम्पको वोरी-परी भएको राजनितिले ल्याएको राजनितिक परिवर्तन आदी सबै देखेका छन् | यथार्थमा पुराना मान्छेहरु त्यस्ता मान्छे संग वाक्क छन् जो संबिधानलाई ज्यादै गम्भीर रुपमा लिनछन् | उनीहरुले संविधान बिरोधि दंगा होस् वा संविधान समर्थक समारोह, दुवैलाई एकै नजरले हेर्छन् | उनीहरु अन्योलमा छन् कि किन मनिसहरु धेरै परिवोर्तनको चाहना गर्दछन् | उनीहरुको अनुभवले देखेको छ कि ५० बर्षको परिवर्तनको प्रतिज्ञाले सिमान्तकृत/ हराईरहेको मानिसहरुलाई कुनै मद्दत गर्न सकेको छैन | र उनीहरुले आफ्नु चीनालाई संबिधानलाई भन्दा धेरै महत्व दिईनै रहनेछन् |

तर युवा हरुको बारेमा के त! के तिनीहरु एतिहासिक कोशेढुंगाको रुपमा परिवोर्तनलाई स्वागत गर्दैनन् ? युवाहरु निश्चित रुपमा परिवोर्तनको चाहना राख्दछन् | उनीहरु आफ्नु देशलाई परिवोर्तन गर्न चाहन्छन् | उनीहरु विदेश, अमेरिका जान चाहन्छन् | उनीहरुलाई लज्जाबोध भइरहेकोछ| के संबिधान एउटा अनावश्यक कागजको खोस्टो हो? अधिकांश नेपालका युवाहरुले उनीहरुको लामो वयस्क जीवन (विगत ८ वर्ष) सांचिकै संबिधान बिना नै बाँचेका छन् | युवाहरुको दिमाग खल्बलिरहेको छ किन भने उनिहरू कोहीपनि मानसिक रुपमा ठिक मनिसले यो खेस्रा संबिधान पढेर समय खेर किन फाल्छ भन्ने सोचछन् | मननीयकुरा यो छ कि उनीहरुले यो संबिधान राजनितिज्ञ, अधिकारबिध र विकाश नियोगहरुलाई उपभोग गर्न छोडदेका छन् |
 
पक्कै पनि, पण्डितहरुले भनेजस्तै, यो संविधान खासगरी आदिवासी समाबवेशी खालको छ | त्यसअर्थ, विभिन्न आदिवासी नेपाली समुदायहरुले संविधानको उत्सव हुनुपर्ने | तर कुन समुदायले यसको स्वागत गरीरहेको छ? मधेसीहरु एति उदाश छन् कि उनीहरु दंगा- फसाद गरी राजधानीलाई नकाबंधी गरीरहेका छन् | थारूहरु तंग भएर आफ्नु बासस्थान फर्कदैछन् | जनजाती हरू उपेक्षित महसुस गरिरहेका छन् | काठमाडौँका नेवारहरु येहाँको बढ्दो जनघनत्तो संग अप्रसन्ना छन् र बाहिरीयाहरुलाई येहाँ बाट धपाउन चाहन्छन् | छेत्री- सैनिक जाति, आफ्नु योद्धा राजा गुमाएकोमा अपमानित महसुस गर्छन्| ब्राह्मणहरु हिन्दू राज्य गुमाएको शोकमा छन् |
 
संभवत यो प्रगतिशिल संविधान हो लिंगीय समानताको लागी किनभने यसले तेस्रो लिंगीलाई पहिचान दिएको छ | तर येही संबिधानबाट महिलाहरु द्वश्रो दर्जाको नागरिक भएका छन् जसले आफ्ना बच्चालाई नागरिकता सम्म दिन सक्दैनन्, उनीहरु त्यति खुशी छैनन् |
 
संभवत यो संविधान धार्मिक स्वोतन्त्रता खोज्नेहरुको लागी हो | तथापी, धेरैजसो धर्म निरपेक्षतावादीहरु गैर हिन्दू धार्मीहरु छन् जो यो सनातन धर्मलाई संरक्षण गर्ने संविधानलाई आफ्नु मान्दैनन |
 
संभवत यो संविधान बिकासको साझेदारी र सांस्कृतिको उत्थानको लागी हो | तर ब्यापारिक समुदाय र निजी क्षेत्रका व्यवसाहीहरुलाई यो विकेन्द्रीकृत संविधान आफ्नु होइन भन्ने लाग्छ |
 
अन्त्यमा, अभियानकर्ता पत्रकारहरुको बिचारमा, यो संबिधान पहाडिया बाहुन लोग्ने-मान्छे हरु द्वारा चाहिँ स्वगतित हुनु पर्ने हो | तर यो पनि एक काल्पनिक समूह देखिन्छ | को हुन् त यी पहाडिया बाहुन लोग्ने-मान्छे हरु ? धेरै जसो ब्राह्मणहरु हिन्दू रास्ट्रको पक्षमा छन् र उनीहरुलाई यो धर्म निरपेछ संविधान आफ्नु हो जस्तो लाग्दैन | साथै प्राय पहाडी भूभागमा बस्ने ब्राह्मण पुरुषहरुका आमाहरु छन् र उनीहरुको आमा लाई खुशी पर्न नसकेको यो संविधानको पक्षमा उनीहरु छैनन् | साथै धेरै जसो पहाडियाहरू (सबै जात र लिंगका) गरिब छन्, शक्तिको पहुच बाहिर छन्, तराईबासी जस्तै | त्येसैले यो सम्विधान पहाडिया बाहुन लोग्ने-मान्छे हरुको लागी हो भन्नु उचित छैन |
 
के अब हामी यो निस्कर्समा पुग्न सक्छौ कि यो संविधान बाट ती मात्र खुसी छन् जसले यो संविधान बनाए? यो संविधान यसरी लेखियो कि यसले ती लेखेन्दासहरुलाई कुलिन वर्गको रुपमा स्थापित गरोस | यो नै नयाँ संविधान को मुख्य बिशेषता हो जहाँ संघीय राजतन्त्र लाई कुलिन राजनितिज्ञले प्रतिस्थापन गरेको छ | यहाँ कुलिन राजनितिज्ञहरुको चासो शक्तिको साझेदारी गरी त्यसलाई आफ्नु हितमा प्रयोग गर्नु हो | उनीहरुक छुट्टै-छुट्टै मान्यता छन्, जसलाई बंडनुको सट्टा ढाक-छोप गरेर राख्दैछन् | उनीहरु यी भिन्नतालाई अन्देखा गर्छन् र शक्तिको लागी एकत्रित हुन्छन् |
 
उदाहरणको लागी एउटा कुलिन समानत नास्तिक छ त अर्को चाहिँ हिन्दू-कर्मकाण्डी | उनीहरु धर्म निरपेछता र हिन्दू सनातन धर्मको प्रतिस्पर्धा गर्नुको साटो “धर्म निरपेक्षता” शिर्षक दिएर हिन्दू सनातन धर्मको ब्यक्ख्या गर्दछन् | त्येस्तै एउटा कुलीन सामन्त महिलालाई शक्तिशाली बनाउन चाहन्छ भने अर्को घरेलु पाल्तु | त्येसैले प्रस्ट नागरिकताको प्रतिस्पर्धा गर्नुको साटो ‘बाबु वा आमा’ को सट्टामा ‘बाबु र आमा’ लाई नागरिकताको आधार बनाईदिएका छन् | किन उनीहरु सबै धुलो कार्पेट मुनि घुसाउछन् | उनीहरु धुलो जम्मा पर्दैछन्, हामीले केहि जिज्ञासा राखेमा हाम्रो आखाँमा त्येही धुलो फुख्नको लागी |
 
यी द्विविधा र भ्रमका बादलहरु, तुलनात्मक रुपमा नसुल्झाईए, त्यसले राजनितिक विवादको मल-जल गरी नै रहनेछ र नेपाली जनताहरु विगतमा जस्तै एक-अपसमा लाडीनै रहनेछन् कहिले धर्मको नाममा, कहिले भू-भागको नाममा, कहिले जातको नाममा, कहिले लिंगको नाममा र त्येस्तै अरू जे छन् हामी संग तिनकै नाममा | यसैबीच कुलिन सामन्तहरुले भने हिलोमा माछा मारीनै रहनेछन् | उनीहरु एक होइन सात सरकारमा बसेर प्रशासकहरु संग मिली कानुन बनाऊछन् र हामीलाई सासन गर्छन् | हामीसंग कर उठाई सुरक्षा बलसँग गठबन्धन किनछन् (दुवै पूर्व माओवादी र पूर्व राजकिय जो अहिले प्रहरी र सेनामा कार्यरत छन्) | र यसैबीच, हामी मधेशमा प्रताडित हुन्छौ, पहाडमा छेकिन्छौ | किन उनीहरु सबै धुलो कार्पेट मुनि घुसाउछन् ? उनीहरु धुलो जम्मा पर्दैछन्, हामीले केहि जिज्ञासा राखेमा हाम्रो आखाँमा त्येही धुलो फुख्नको लागी |
 
र यही सन्दर्भमा, जनतासँग संविधान प्रति कस्तो प्रतिक्रिया दिने भन्ने विकल्प छ |
केही मानीषले संविधानलाई राष्ट्रवादी भावले भरिएर यस्तो निष्ठाले साथ दिएका छन् कि मतभेदको आवाज उठाउनु भनेको राजद्रोह गर्नु जस्तो देखिन्छ | अरुले भने यो संविधान लाई यसरी अस्विकार गरेका छन् कि मानौ बिगत २ दसक देखीको सङ्घर्षको केहि मूल्य नै छैन | हामीले यी दुवै थरीका भावनालाई छोडी अहिले को परिस्थितिलाई राजनीतिज्ञहरुले अफ्नु लागी बनाएका यो संविधानलाई जनताको संविधान बनाउने मौकाको रुपमा लिनुपर्छ |
 
यसका लागी हामीले आफुहरु बीचमा निम्न बुँदामा सहमति गर्नुपर्छ | राजनीतिज्ञहरुले धेरै गरे, अब यो हामीले सहमति गर्ने समय हो |
  1. हामी यो संविधान लाई यसका सबै कमजोरी र ताकत क साथ आफ्नु मान्छौ | हामी लचिला छौ र हामी हाम्रो यो मनोवृत्तिलाई राजनीतिज्ञ हरुको संविधान लाई जनता को बनाउन मा प्रयोग गर्न सक्छौ |
  2. हामी एक-अर्का वा राजनीतिज्ञ वा विदेशी शाक्ति कसैलाई पनि दोष लगाउने काममा आफ्नो उर्जा खेर फाल्ने छैनौ | हामीले गर्ने रचनात्मक गतिविधिको लागि त्यो उर्जा आवस्यक हुनेछ | बिरोध गर्ने हरु प्रति गरिने उपेक्षा र बदमासीलाई हामी समर्थन गर्ने छैनौ |
  3. हामी, हाम्रो उर्जालाई मानिसहरुको गुनासो साचिकै सुन्नको लागि चाहिने इच्छा र कौतुहलतामा लगाउनेछौ | हामी कुनै पनि गुनासो लाई बेवास्ता, अवहेलना वा अनादर गर्ने छैनौ |
  4. हामी यस्तो राजनीतिक वातावरण लाई समर्थन गर्नेछौ जसले संविधानमा प्रतिस्पर्धा, फेर-वदल र संसोधन लाई ठाउँ दिनेछ जसले गर्दा सबैले स्वतन्त्रता र मर्यादाका साथ बच्न पाउनेछन् | हामी व्यक्तिहरुले कुनै पनि समूह, दल वा दर्शनसँग गर्ने पर्ने साँठगांठको आवस्यकतालाई रोक्नेछौ |
 
सरंशामा, हामीले यी कुलीन सामन्तहरु बाट शक्ति खोसी राख्नु पर्दैन | हामी नागरिकहरुले हाम्रो उर्जा यही संविधानलाई संसोधन गर्नमा लगाउनु पर्छ जसले जनतालाई सशक्त बनाओस, सामन्तहरुलाई होइन | यदि हामीले लगातार एक अर्कालाई हिंसाद्वारा, असहयोग र उदासीनताद्वारा कमजोर बनाउदै लग्यौ भने, हामी येसरी नै काठमाडौँका सामन्तहरुको बन्धि भएर, भारतद्वारा हेपिएर, विकास नियोगहरुको भरौटे भएर रहनेछौ |
0 Comments



Leave a Reply.

    AbouT

    I am learning to write.  You can help me write better by reviewing
    this

    Archives

    November 2015
    October 2015
    April 2015

    Categories

    All

    RSS Feed

Powered by Create your own unique website with customizable templates.
  • About KG
    • Members Circle
    • Teachers Circle
    • Charity
    • Reflection
    • Toolkit
    • Activities Blog
    • Contact Us
  • Shoes Campaign
  • Donate
    • 2019 Blog >
      • 2016 Guidance Blog
      • 2015-16 Blog
      • 2013 Blog Profiles
      • 2013 Blog
      • 2013 Blog
      • 2012 Activities Page >
        • 2012 Activities
        • 2012 Activities Sep
        • 2012 Activities July