एसियन सोसाइटीद्वारा पाण्डेलाई २१ युवा नेतामा नियुक्त - Corporatenepal.com
काठमाडौं । केजी नेपालका संस्थापक उमंग पाण्डेलाई एसियन सोसाइटीले २०१५ को क्लासको २१ युवा नेता मध्येमा नियुक्त गरेको छ । एसियाको प्रसान्तको युवा नेताहरुको सञ्जालमा निजी, सरकारी र गैरनाफामूलक क्षेत्रका प्रतिनिधि समावेश छन् । केजी नेपालले सामाजिक संस्था हो जसले युवा स्वयंसेवकलाई उनीहरुको सीप र क्षमता पत्ता लगाई त्यसअनुरुप काम गर्न साधनस्रोत उपलव्ध गराउँछ । यस संस्थाले काठमाडौंभित्र पर्ने सरकारी स्कुलका गरिव बालबालिकालाई सहयोग गर्दै आएको छ । पाण्डेले यसअघि सातभन्दा बढी देशका ‘इन्टरनेशनल फाइनान्स’को लागि काम गरेका थिए जसमा सलामोन स्मिथ बार्नी, आइएफसी र अभिस्कर भेन्चर क्यापिटल समावेश छन् । उनले युनिभर्सिटी अफ क्यालिफोर्निया र ब्रयाडेज युनिभर्सिटीबाट डिग्री हासिल गरेका छन् । पाण्डेले अहिले काठमाडौंमा आफु प्रमुख रहेका स्कुलमा ‘सेल्फ–लर्निङ’ प्रणाली डिजाइन गरिरहेका छन् । पाण्डे आउँदो डिसेम्बर १–४ मा हङकङमा हुने एसिया २१ समिटको १०औं वार्षिक उत्सवमा समावेश हुनेछन् । एसिया २१ समिटमा एसिया २१ नेटवर्कलाई फाइदा पु¥याउने उपायको खोजी गरिनेछ । सम्मेलनमा एसिया प्रशान्त क्षेत्रले भोगेका संवेदनशील विषयलाई सम्बोधन गर्न एसिया २१ टास्क फोर्स गठन गर्ने कार्यक्रम रहेको पाण्डेले जानकारी दिए ।
1 Comment
Veshraj regmi
8/19/2015 04:46:00 pm
Reply
Leave a Reply. |
Categories
All
Archives
June 2023
In our blog, you can read updates of activities conducted by our enabling team.
|